विराटनगर । २०२२ फिफा विश्वकप आगामी नोभेम्बर २१ देखि कतारमा हुँदैछ। १८ डिसेम्बरसम्म चल्ने प्रतियोगितामा ३२ टिमले भाग लिनेछन्।
५ शहरका ८ रंगशालामा हुने प्रतियोगिताका लागि अहिलेसम्म २९ टिमले टिकट पक्का गरिसकेका छन्। जसमा आयोजक कतार आयोजकको हैसियतमा छनोट भएको थियो।
युरोपबाट १२ टिमले विश्वकपमा स्थान बनाइसकेका छन्। रसिया र युक्रेनबीचको युद्धका कारण युरोपबाट छनोट हुने एक टिमको टुंगो लाग्न बाँकी छ।
एसियाबाट चार टिमले विश्वकपमा स्थान बनाइसकेका छन्। अस्ट्रेलिया र युएईबीच चौथो चरणमा भिडन्त हुँदैछ। खेलको विजेताले अन्तरमहादेशीय प्लेअफमा स्थान पक्का गर्नेछ।
यस्तै दक्षिण अमेरिकाबाट पनि चार टिम विश्वकपमा पुगेका छन्। छनोटमा पाँचौ भएको पेरू अन्तरमहादेशीय प्लेअफमा पुगेको छ।
अफ्रिकाको विश्वकप छनोट सकिएको छ। अफ्रिकाबाट विश्वकपमा छनोट हुने पाँच टिमको टुंगो मंगलबार राति लागेको थियो।
उत्तर अमेरिकाबाट क्यानडा, अमेरिका र मेक्सिकोले विश्वकपमा स्थान पक्का गरेका छन्। चौथो भएको कोस्टारिकाले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ।
ओसियाना क्षेत्रको फाइनल जितेको न्युजिल्यान्डले पनि अन्तरमहादेशीय प्लेअफ खेल्नेछ।
विश्वकपमा छनोट भएका टिम
आयोजकका रुपमा कतार सोझै छनोट भइसकेको छ ।
युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड छनोट हुँदा एक टिम छनोट हुन बाँकी छ ।
दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, इक्वेइडर, र उरूग्वे छनोट भइसकेका छन् ।
एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया,
अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरून छनोट भएका छन् ।
उत्तर अमेरिकाबाट क्यानडा, मेक्सिको, अमेरिका छनोट भएका छन् ।
अब छनोट हुन तीन टिम बाँकी टिम
–रोपबाट एक टिम वेल्स भर्सेस युक्रेन–स्कटल्यान्ड,
–एसिया र दक्षिण अमेरिका प्लेअफ एक टिम अस्ट्रेलिया–युएई भर्सेस पेरू
–उत्तर अमेरिका र ओसियाना प्लेअफ एक टिम – कोस्टारिका भर्सेस न्युजिल्यान्ड




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।