लोड हुँदैछ...

मेनु

संचारकर्मी हुसेन सेख नायिका लीजा कुशलसँग होली खेल्दै

संचारकर्मी हुसेन सेख नायिका लीजा कुशलसँग होली खेल्दै

विराटनगर । संचारकर्मी हुसैन सेखको (खेलौ हामी होली) बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

हरेक नेपालीहरुको महान पर्व मानिने पर्वमध्येको एक पर्व होलीमा होली पर्वलार्इ लक्षित गरि संचारकर्मी सेखले होलीको गीत निर्माण गरि सार्वजनिक गरेका हुन् । विगत एक दशकदेखि संचार क्षेत्रमा लागेका सेख पत्रकारिता गर्नुका साथै नेपाली म्युजिक इण्डस्ट्रिमा पनि एउटा सफल सम्पादन र निर्देशकमा आफ्नो नाम बनाउन खोज्दैछन् ।

सेखले अहिलेसम्म नेपाली, मैथिली र भोजपुरी मिलाएर सयबढी गीत सम्पादन गरिसकेको र १० वटा गीतमा निर्देशन गरिसकेको जनाएका छन् । सार्वजनिक भएको होलीको गीतमा राष्ट्रिय गायक सुमित खड्काको सुमधुर आवाजले छ भने गीतको शब्द पविता शर्माको रहेको छ ।

यो गीतमा सेख र मैथिली क्षेत्रकी नायिका लीजा कुशलको मुख्य भूमिका छ । भिडियोमा मैथिली क्षेत्रका अर्का कलाकार विजय कामत र नबिन नयन, सुजन दाहाल, बिमल राय, अनिश बाबु, रतन यादव, हसन सेख, जेनी भुजेल, सिर्जना चौधरी, निखिल साह, उत्सव अधिकारी, अमिर सेख, दिलबर सेखलगायतको अभिनय रहेको छ ।

गीतको निर्देशन र सम्पादन सेखले आफै गरेका हुन् भने यस गीतको निर्माता मैथिली क्षेत्रका गीतकार समिर खान र अनिश बाबु रहेका छन् । साथै गीतको छायाङ्कन भने जय कामतले गरेका हुन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds