प्रदेश १ : सरकारले संचार विधेयक संसदमा लाने

विराटनगर । प्रदेश एक सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगकोे केही ऐन, नियमावली तथा सेवा सुविधासम्बन्धी ऐन संशोधन गर्नुपर्ने भएकोले त्यसलाई संसदमा लाने निर्णय गरेको छ ।

साथै प्रदेश संचार माध्याम व्यवस्थापन गर्न बनेको विधेयकपनि संसदमा लाने निर्णय भएको यातायात व्यवस्था तथा संचारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

 

शुक्रबार, २७ फागुन, २०७८, दिउँसोको ०२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर