किभ । रुसले युक्रेनको चार ठूला शहरलाई घेरिसकेको छ र उसको सेना राजधानी किभ नजिक पुगिसकेको छ । रुसी हमलाको बावजुद पूर्वमा खार्किभ अझै युक्रेनकै नियन्त्रणमा रहेको छ । तर मानवीय करिडोरको माध्यमबाट त्यहाँबाट हजारौँ मानिस सुरक्षित रुपमा निक्लन सफल भएका छन् ।
किभमाथि रुसले आफ्नो दृष्टि लगाइरहेको छ र शहरको सीमामा चारैतर्फबाट रुसी सैनिकले घेरा हालेको समाचारमा जनाइएको छ । विगत २ दिनमा युक्रेनको सुुमी र किभबाट ८० हजार मानिस बाहिरिसकेका छन् ।
अमेरिकाले आफ्नो सेना युक्रेनमा नपठाउने
यता रुसको विरुद्धमा युद्ध लड्नका लागि सेना युक्रेन पठाउने कुनै योजना नभएको अमेरिकाले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले आफूहरु विश्व युद्ध हुनबाट रोक्न लागिपरेको बताए । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति तैयप एर्दोगानसँग रुस–युक्रेन युुद्धको विषयलाई लिएर कुराकानी भएको बताएका छन् ।