लोड हुँदैछ...

मेनु

आर्थिक समस्या पहिचान गर्न ‘बिज–टक’ प्रभावकारी

आर्थिक समस्या पहिचान गर्न ‘बिज–टक’ प्रभावकारी

विराटनगर । उद्योग व्यवसायको क्षेत्रमा देखापरेका समस्या समाधानका लागि उपाय खोज्न बिज–टक कार्यक्रम प्रभावकारी देखिएको छ ।

आार्थिक क्षेत्रमा देखिएका तमाम समस्याहरु, त्यसले पारेको असर र समाधानका उपायहरुको खोजी गर्न मोरङ व्यापार संघ विराटनगरले ‘अर्थ व्यापार संवाद समृद्धिका लागि’ भन्ने विषयमा बिज टक आयोजना गरेको थियो । छलफलमा विषय विज्ञ र जानकारहरुबाट थुप्रै महत्वपूर्ण सुझावहरु प्रस्तुत भएका थिए ।

चलायमान अर्थतन्त्रका लागि स्पष्ट सरकारी नीति र योजनाको अभावकै कारण उद्योग तथा वित्तीय क्षेत्र संकटग्रस्त बन्न थालेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । लगानीका लागि बजारमा माग भएअनुसार वित्तीय संस्थाहरुले पुँजी संकलन गर्न नसक्दा समस्या बढेको उनीहरुको निष्कर्श थियो ।

बैंक तथा वित्तिय संस्थामा तरलता अभावका कारण उद्योग, व्यवसायलगायतको क्षेत्रमाव्यापक असर परेको, व्यापार, व्यवसायको संचालनमा कठिनाई भएको, उद्योगहरुले कच्चा पदार्थको अभाव झेल्नु परेको र त्यसले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव परेको विषय बिज टकमा प्रमुखताका साथ उठेको थियो ।

कार्यक्रममा मोरंग व्यापार संघका अध्यक्ष नविन रिजालले तरलता अभाव देखाउँदै ऋण प्रवाह गर्न रोक्ने र ब्याजदर वृद्धि गर्ने जस्ता कार्य गर्दा उद्योग र व्यापार दुवै क्षेत्र प्रभावित भई धराशायी बनेकोमा चिन्ता व्यक्त गरे ।

अर्थशास्त्री डा. भेषप्रसाद धमला, प्राडा पि.के झा र प्राडा वेदराज आचार्यलगायतले तरलता अभावको प्रमुख कारण सरकार र नेपाल राष्ट्र बैंकको अदुदर्शी र अस्पष्ट नीति नै जिम्मेवार रहेको धारणा व्यक्त गरेका थिए । देशको जनशक्ति विदेश पलायन हुनमा सरकार नै उद्धत रहेको र जनशक्ति अभावका कारण उत्पादनमा असर पुगेको उनले दाबी गरे । उनले अत्याधिक ब्याजदर बढ्दा लगानी निरुत्साहित भई जनशक्ति विदेशिने खतरा उत्पन्न भएको टिप्पणी गरे ।

प्रा.डा. पिके झाले नेपालका आर्थिक निती निर्दयी बन्दै गएको टिप्पणी गरे । उनले विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादन क्षेत्रमा खर्च हुनाले उत्पादन वृद्धि नभई परनिर्भता बढ्दै गएकोले उद्यामशीलतालाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

प्रा.डा. वेदराज आचार्यले स्वदेशी पुँजीको परिचालन गरी आफ्नै देशको कच्चा पदार्थ प्रयोग गर्ने नीति लिन ढिला गर्न नहुनेमा जोड दिए । डा.सन्देशदास श्रेष्ठले संयोजन गरेको कार्यक्रममा उद्योग व्यापार क्षेत्रका विभिन्न व्यक्तिहरुले सक्रियतापूर्वक भाग लिएका थिए ।

सहभागीले अर्थतन्त्रमा देखिएको नकारात्मक सूचकहरुमा सुधार ल्याउन ढिलाइ गर्न नहुनेमा सरकारलाई सचेत गराएका थिए । छलफल कार्यक्रममा सहभागीहरुलाई मोरङ व्यापार संघका पदाधिकारीहरुले मायाको चिनो पनि वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds