विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्शबीच मिति भगिनी सम्वन्ध कायम भएको छ ।
भगिनी सम्बन्धमा दुवै पक्षले व्यापारिक समझदारी, व्यापारीक समुदायको कानुनी दायराभित्र रहेर आपसी सम्वन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदानप्रदान गर्ने महासंघले जनाएको छ ।
यस्तै आपसी समन्वयमा व्यापार स्थापना गर्ने, व्यापारिक अवसरहरु प्रवाह गर्ने, संघका सदस्यहरुबीच आपसमा सहज वातावरण बनाउने, आर्थिक तथा व्यापरिक सूचना एवं तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त परियोजना सञ्चालन गर्न सहयोग गर्ने, व्यापारिक मेला, गोष्ठी, सेमिनार, सम्मेलन तथा अन्य कार्यक्रमहरु आयोजना गर्न सहज वातावरण सिर्जना गर्ने सहमतिसमेत भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउत र ग्रेटर चेम्बर अफ कमर्श न्यूयोर्कका अध्यक्ष मार्क जाफीबीच भएको सम्झौतामा ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श, न्यूयोर्क, अमेरिकन बिजनेश एफेयर्स मिरप्रताप साहले दस्तखत गरेका छन् ।
ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श, न्यूयोर्क, अमेरिकाले सेम्टेम्वर २०, २०१९ मा आयोजना गरेको २० औं वार्षिक कन्फरेन्स तथा एक्पोमा महासंघका उपाध्यक्ष राजेन्द्र राउत र निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्का सहभागी भएका थिए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।