‘आजको मान्छे’ कविता सङ्ग्रह र राजेन्द्रप्रसाद अर्याल

 ममता मृदुल

नेपाली भाषा साहित्यको कविता विधामा कलम चलाउनु हुने कवि राजेन्द्रप्रसाद अर्यालको जन्म गोरखामा बुबा दण्डपाणि अर्याल आमा नन्दकुमारी अर्यालको सुपुत्रको रूपमा २०१३ सालमा भएको हो । वहाँ हाल अमेरिकामा बस्नुहुन्छ । वहाँको कविता सङ्ग्रह आजको मान्छे हामीबीच आएको छ ।

आवरण सन्तोष दाहालको रहेको छ । प्रकाशक बि एन पुस्तक संसार रहेको छ । मूल्य २२५ रुपैयाँ रहेको छ । सङ्ग्रह पुज्य माता नन्दकुमारी अर्याललाई समर्पण गरिएको छ ।

आत्माभिव्यक्तिमा लेखक राजेन्द्रप्रसाद अर्याल लेख्नुहुन्छ । गोरखामा कविता प्रतियोगितामा पुरस्कार पाएको डिक्सनरी आज पनि सुरक्षित राखेको छु । यो कविता सङ्ग्रह चौथो कृति रहेको कुरा समेत उल्लेख गर्नु भएको छ ।

कुरूप यथार्थका बीचबाट सुन्दर जीवन खोज्ने कविताहरू प्रा. जगत उपाध्याय प्रेक्षित लेख्नु हुन्छ, ‘पहिलो कविता कृति भएपनि विचार र कला दुबै दृष्टिले सशक्त छ । यो पुस्तकमा त्रीपन्नवटा कविता समावेश गरिएको छ । एक सय छब्बीस पेज रहेको छ ।’

आजको मान्छे कविता पहिलो र भाग्यमानी कविता हो जसको शीर्षकमा पुस्तक प्रकाशित भएको छ । यो कवितामा कविले आजको मान्छेको विवेक हराएको भन्नु भएको छ । मन कवितामा कवि भन्नुहुन्छ । नाप्न नसकिने, जोख्न नमिल्ने, कतै नरोकिने , कबै नथाक्ने बिजुली भन्दा द्रुतगतिको बेग कसैले थाम्न नमिल्ने भण्डारण क्षमता असीमित भएको एउटा बृहद सन्दूक हो मन । मनको असीमित परिभाषा गरिएको छ ।

छिमेकी शीर्षक कवितामा हाम्रो छिमेकीको बारेमा लेखिएको छ । बा शीर्षकको कवितामा बालाई घरको बलियो व्यक्ति भनेर चित्रण गरिएको छ । समयको खेल शीर्षकको कवितामा फूल र मानिसको जीवनको तुलना गरिएको छ । परदेशीको तिहार कवितामा आज मलाई माटोको सुगन्धले गालिरहेको छ । विदेशमा बसेको मनले आफ्नो संस्कार र संस्कृतिको सम्झना गरेर, गहिरिएर आफ्नो देश पढ्दैछु । परदेशिनुको प्रचण्ड ज्वरोले निस्लोट छु भनि लेखिएको छ । खोई कहाँ होलान् र भगवान् शीर्षकको कवितामा भगवान्प्रतिको भाव पोखिएको छ । घडी अर्थात् मेरो हेडसर कवितामा मोहनसरको सम्झना गरिएको छ ।

हिउँको साम्राज्यमा कवितामा प्रकृतिसँग खेलिएको छ । मेरी उनी कवितामा प्रेम छचल्केको छ । वर्तमान कवितामा सल्बलाएको पापीको बारेमा लेखिएको छ । जन्मभूमि गोरखा शीर्षकमा जन्मभूमिप्रतिको अगाध प्रेममा छचल्केको मन छ । नियति परदेशमा जन्मभूमिको चिन्ता गरिएको छ । मन र शरीर कवितामा किशोर अवस्थाको मनको भाव रहेको छ ।

अविवेकी वर्तमानमा फुटेको ऐनासरी टुक्राहरू जोडेर बनाएको राज्यको बारेमा लेखिएको छ । आमा कवितामा आमाको सम्झना गरिएको छ । कालो बादलमा चाँदनी घेरामा चन्द्र शम्शेर र सति प्रथाको बारेमा लेखिएको छ ।

नालायकमा निर्णायकमा बसेर पुरस्कार तक्मा आफै थाप्ने कुरा लेखिएको छ । प्रेम कविता मा प्रेमको बारेमा लेखिएको छ । देशसँगै कवितामा परदेशी मनको भावलाई लेखिएको छ । जय होस् राष्ट्र सेवकहरूको कवितामा राष्ट्र सेवकप्रति व्यङ्ग्य गरिएको छ । सुन्दर जिन्दगी कवितामा कसले भन्न सक्दैन जिन्दगी सुमधुर गीत भन्दा मिठो हँुदैन भनेर भन्ने जस्तो भाव पोखिएको छ ।

अमेरिका बसेर नेपालप्रति छचल्केको माया यो पुस्तकमा पढ्न सकिन्छ । जहाँ गएपनि जननी र जन्मभूमिप्रतिको अगाध प्रेममा छचल्केको भाव छ । साहित्यकार राजेन्द्रप्रसाद अर्यालको सफल साहित्य यात्रा को कामना गर्दै बिदा चाहन्छु ।

शनिबार, २१ फागुन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर