मोरङ कारागारमा न्यायीक शिविर

विराटनगर । उच्च अदालतले मोरङ कारागारका कैदीबन्दीलाई लक्षित गरेर शिविर आयोजना गरेको छ ।

कारागारभित्र तीन दिनसम्म न्यायीक शिविर संचालन हुने छ । शिविरको उद्घाटन गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले कारागार भित्र पनि मुद्दा मिलाउने भन्दै विचौलिया सक्रिय रहेको बताए । उनले त्यस्ता विचौलियाबाट सचेत रहन कैदीबन्दीलाई सुझाब दिए ।

तीनदिनसम्म संचालन हुने न्यायीक शिविरमा कैदीबन्दीलेहरुले गुनासो र समस्या राख्नेछन् । कैदीबन्दीहरुको गुनासो र समस्या टिप्न मोरङ अदालत र उच्च अदालत विराटनगरका ४ जना कर्मचारी विहान ११ देखि तीन बजेसम्म तीनदिन कारागारमा रहने उच्च अदालत विराटनगरका सूचना अधिकारी होम सुवेदीले जानकारी दिए ।

कैदीबन्दीहरुले गुनासो र समस्या संकलन गरेपछि सकेसम्म समाधानको प्रयास गर्ने उद्देश्यले न्यायीक शिविरको आयोजना गरिएको न्यायाधीश श्रेष्ठले बताए । मोरङ कारागारमा सुरु गरिएको न्यायीक शिविर अहिलेसम्मकै पहिलो हो ।

मोरङ कारागारमा ८ सय ९७ जना कैदीबन्दी रहेका छन् । कारागारका कैदीबन्दीको लागि मुद्दा प्रक्रियाको अवस्था, अहिले नयाँ आएको कानुनको विषयमा कारागारभित्र आएको न्यायीक शिविर प्रभावकारी हुने कैदीबन्दीको अपेक्षा छ ।

बुधबार, १८ फागुन, २०७८, दिउँसोको ०४:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर