विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ को अध्यक्षमा शिवा उपाध्याय(अन्जु) निर्वाचित भएकी छिन् ।
महासंघको विराटनगरमा आइतबार भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप गिरी, उपाध्यक्ष अशोक कुमार विष्ट, उपाध्यक्ष लिला देवी रिजाल, महासचिव राजेन्द्र केशरी घिमिरे, सचिव वेदनाथ भेटवाल र कोषाध्यक्ष राजेश मण्डल रहेका छन् । समितिको सदस्यहरुमा गणेशबहादुर कटुवाल, अशोक कार्की, खगेन्द्र गौतम, दिनेश श्रेष्ठ, राजिव ढुंगाना, विकास पौडेल, इश्वर राना मगर, र रत्नमान तामाङ रहेका छन् ।
सोही भेलाबाट नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ अन्तर्गतको महिला उद्यमी समितिको अध्यक्षमा नमिता न्यौपाने निर्वाचित भएकी छिन् । दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट न्यौपाने सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । वरिष्ठ उपाध्यक्ष डवलकुमारी चौलागाईं, महासचिव अनिता गुराईगाईं, कोषाध्यक्ष चम्पा नेपाल रहेकी छिन् । यस्तै महासंघको सदस्यहरुमा मन्जु ढकाल, सरस्वती कार्की, तोप्रक कुमारी थापालगायत रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले महिला उद्यमीहरुको हकहितमा क्रियाशिल भएर लाग्ने बताइन् । उनले प्रदेशमा रहेका घरेलु उद्योगले उत्पादन गरेको वस्तुको प्रवद्र्धन गर्न महासंघ लागि पर्ने बताइन् ।

