कविता

नेपाली राजनीति

भ्रष्टाचार जीवन शैली भएको छ
सत्ताशीन हुनको लागि
प्रकृतिक स्रोतसाधन सौदबाजी गरेर
इतिहासदेखि वर्तमानसम्म
निरन्तर–निरन्तर
विदेशीको नियन्त्रणमा गएको छ
हाम्रो भएर पनि, हाम्रो भन्न नपाउने गरि
फेरि पनि
नेपाली ब्वाँसाहरू दिन खोज्दै छ्न
अनुदानको आवरणमा
साम्रज्यवादीहरू लिन खोज्दै छ्न
यहाँ यस्तै छ
नेपाली राजनिति

देश बेच्न तयार भएका छ्न
राजकीय भ्रमणको नाममा
अनुचित लाभलिन चाहनेहरुलाई
बोलाएर स्वागत गर्न
उनीहरुको पाउ ढोग्दै
निमन्त्रणा गर्न
राजनीतिक दलालहरु
आफैं उनीहरुको शरणमा गएका छ्न
त्यसैले नेपाली राष्ट्रीयता
साम्राज्यबादीहरुको छायामा फसेको छ
नेपाली आमाको अस्मिता
कोमामा बसेको छ
यहाँ यस्तै छ
नेपाली राजनिति।

जसले देश बेच्ने भन्छ
उसले सत्ता समाल्नु पर्ने
जस्ले बेच्नु हुँदैन भन्छ
उसले सत्ता छाडनु पर्ने
अनि मारिनु पर्ने
यो कस्तो विवशता हो
यहाँ राष्ट्रियता मरेको छ
मारिएको छ
राष्ट्रघाती दलालहरु
दिमागमा भर्दै छ्न
देश बेच्दा पैसा आउँछ
त्यसैले
तरमाराहरु र्याल काड्दै छ्न,
तर
राष्ट्रवादी सपुतहरु
मर्ने तर नझुक्ने
कठोर सकल्प गर्दै
स्वाभिमानको झण्डा गाड्दै छ्न
यहाँ यस्तै छ
नेपाली राजनिति।

यहाँ सिमारेखा कोरिएको छ
मागेर धनि बन्नेहरु एकातिर
स्वाभिमान चाहनेहरु अर्कोतिर
पक्ष र विपक्षमा दिमाग भरिएको छ
अब
छुट्टाउनु पर्छ
प्रष्ट हुनैपर्छ
मागेर युगौंयुग पछि परिने छ
हत्या र राष्ट्रघातको हिसाबकिताब
ईतिहासमा बारम्बार गरिने छ
त्यसैले
ठूलो आवाजमा भन्नै पर्छ
कठपुतली मतियारहरु
होसियार
देश बेच्न पाइँदैन
नालायक नेताहरु चाहिँदैन
साम्राज्यवादी प्यादाहरु चाहिँदैन
स्वाभिमानको आन्दोलनले
तिमिहरुको चिहान खनिनेछ
तिमिहरुका नालायकी अनुहारहरु
एकदिन अवश्य
राष्ट्रघाती, दर्ज गरिनेछ
जहिल्यै ईतिहास कठोर हुने गर्छ
तिमिहरुको दलाल चरित्रको भण्डाफोर गरेर,
एकदिन अन्तिम श्रद्धाञ्जली भनिनेछ,
अनि, हाम्रो पालो भन्नेछौ
यहाँ यस्तै छ
नेपाली राजनिति।

तिमिहरुले पबित्र भनेको परियोजनामा
साम्राज्यवादीहरुको आयोजनामा
नेपाली आमाको छातिमा
कठपुतलिहरुको सहयोगमा
संगीनहरु रोपिँदै छ
आमा बचाउनु पर्छ भन्ने
राष्ट्रवादी आवाजहरु
सडकमा क्रुर तरिकाले ढालिदै छ
त्यसैले अब
न्यायको बिगुल फुकौं
स्वतन्त्रताको लागि जुटौं
न्यायप्रेमी जनसमुदाय जाग्नु पर्छ
मातृभूमि बेच्न तयार हुने
राजनैतिक दलालहरु
सदा–सदाको लागि भाग्नु पर्छ
नेपाली स्वभिमानको आन्दोलनमा
असख्य राष्ट्रप्रेमि सपुतहरु
अन्यायपूर्ण तरिकाले मारिएका छ्न
यहाँ यस्तै छ
नेपाली राजनिती ।

आइतबार, १५ फागुन, २०७८, साँझको ०७:२८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर