विराटनगर । प्रदेशसभा सचिवालयले आइतबार बस्ने प्रदेशसभा बैठकको सम्भावित कार्यसूचि प्रकाशित गरेको छ ।
प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीको हस्ताक्षरमा प्रकाशित सम्भावित कार्यसूचिमा आइतबार प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथि सैद्धान्तिक छलफल गर्ने उल्लेख छ ।
प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको सातौं बैठक १०५ दिनपछि आइतबार दिउँसो १ बजे बस्दैछ । मंसिर १ गते बसेको छैठौं बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको थियो ।