दिब्य ज्योती अस्पतालमा जलबिन्दुको उपचार सुरु

विराटनगर । विराटनगर १४ – मलाय रोडस्थित दिब्य ज्योती अस्पतालमा ‘जलबन्दिुको’ उपचार सेवा सुरु भएको छ । अस्पताल परिसरमा आज पत्रकार सम्मेलन गरि अत्याधुनिक सुविधा सम्पन्न उपकरणहरुबाट जलबिन्दुको उपचार सेवा सुरु गरेको जानकारी गराएको हो ।

अस्पतालमा जलबिन्दुको उपचार अस्पतालका आँखा रोग तथाजलबिन्दु रोग विशेषज्ञ डा. प्रमोद शर्मा गौतम सहित आँखा रोग विशेषज्ञ डा. हरिस यादव र डा.उदयचन्द्र प्रकाशको टिमले उपचार गर्नेछन् । जलबिन्दुको उपचारको लागि अस्पताल भित्र छुट्टै बिभागमा एक करोड भन्दा बढी लगानी गरेको अस्पतालका अध्यक्ष कमलेश कुमार कर्णले जानकारी दिए ।

अस्पतालमा जलबिन्दुको १२ जना विरामीको शल्यक्रिया पनि सुरु गरेको अस्पतालका डा. गौतमलले जानकारी दिए । जलबिन्दुको शल्यक्रिया लेजर मिसिनबाट हुने गरेको उनले बताए । पछिल्लो समय ४० वर्ष भन्दामाथि उमेरमा जलबिन्दु हुने भएकोले यस विषयमा सचेतना जगाउनुपर्ने आँखा रोग तथाजलबिन्दु रोग विशेषज्ञ डा. शर्माले बताए । ‘४० वर्ष उमेर पुरा भएकाहरुमाअहिले एकदमै जलबिन्दु र मोतियाबिन्दुको भएको देखिएको छ,’ डा. शर्माले भने, ‘एक सय जनामा २ देखि ३ जनामा यो रोग देखा पर्ने गरेको छ । त्यसैले आँखामा समस्या भए बेलैमा विरामी अस्पताल जानुपर्ने हुन्छ ।’

दिब्य ज्योतीमा अहिले दैनिक ओपीडिमा २ सय देखि २ सय ५० भन्दा बढी विरामीले सेवा लिँदै आएका छन् । विशेषज्ञ चिकित्सकहरुबाट दैनिक ३० देखि ५० जनासम्म विरामीको आँखा तथा नाक, कान, घाँटीको शल्यक्रिया हुने गरेको अस्पतालका निर्देशक देवा यादवले बताए । तीनवर्ष अगाडी संचालनमा आएको अस्पतालमा २४ सैं घण्टा आकस्मिक सेवा, फिजिसियन सेवा, नाक, कान घाँटी तथाआँखाको उपचार हुदै आएको छ ।

अस्पतालमा फिजिसियन सेवा डा. संज्ञा ज्ञावाली र नाक, कान घाँटीको सेवा डा. राजिव साहले दिदै आएका छन् ।

शुक्रबार, १३ फागुन, २०७८, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर