विराटनगर । विराटनगरस्थित कार्पोरेट कार्यालय रहेको सप्तकोसी डेभलपमेन्ट बैंकको रकम हिनामिना प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान सकिएको छ । दुई दिन लगाएर उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश राजन भट्टराईको इजालशमा पक्राउ परेका पाँच मध्ये चार जना प्रतिवादीको बयान बिहीबार सकिएको हो ।

पक्राउ परेका रामेछाप घर भइ विराटनगरमा बस्दै आएका ३० वर्षिय हामेप्रसाद पौडेललाई कोरोना संक्रमण देखिएको छ । उसको हकमा संक्रमण ठिक भएपछि अदालतमा उपस्थित गराउनेछन् ।

‘बैंकिङ कसुर’ मुद्दामा पक्राउ परेका बैंकका तत्कालिन सिइओ विराटनगर ५ घर भएका ४७ वर्षिय नविन सुवेदीको बयान बुधबार सकिएको थियो । बैंकका तत्कालिन जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख विराटनगर १ का २९ वर्षिय हिमाल भट्टराई, बैंकको लेखा प्रमुख विराटनगरका ४८ वर्षिय देविप्रसाद भण्डारी र कनिष्ठ अधिकृत ३६ वर्षिय अमित थापा मगरको बयान बिहीबार साझ सकिएको उच्च अदालत विराटनगरका सुपरीटेन्डेन्ट ओमराज सुवेदीले जानकारी दिए । प्रतिवादीहरुको बयान दुई दिन लगाएर सकिएकोले शुक्रबार सबेरै थुनछेक बहस सुरु हुने उनले बताए । ‘अदालत खुलेपछि थुनछेक बहसको लागि गोलाप्रथाबाट इजालश तोकिनेछ,’ उनले भने । थुनछेक बहसमा बादी र प्रतिवादीका कानुन व्यवसायीहरुले परैवी गरेपछि अदालतले पुर्पक्षको लागि थुनामा पठाउने, धरौटिमा छोडने र साधरण तारखेमा छोडने मध्ये एउटा आदेश हुनेछ ।

चार जना प्रतिवादीहरूको तर्फबाट पैरवी गर्न एक दर्जन कानुन व्यवसायीहरूले ‘वाकलत नामा’ भरेका छन् । बैंकका तत्कालिन सिइओ सुवेदीले तीन जना कानुन व्यवसायी राखेका छन् । सुवेदीले अधिवक्ता शान्तिराम भण्डारी, देवेन्द्र कोइराला र रामप्रसाद भण्डारीलाई राखेका छन् । प्रतिवादीको तर्फबाट पैरवी गर्न वरिष्ठ अधिवक्ता रमेश कोइरालाले वाकलत नामा भरेपछि न्यायाधीश राजन प्रसाद भट्टराईको आफन्त पर्ने भएकोले ‘म रहित’ इजालशमा पेश गर्न पनि आदेश अदालतका सुपरीटेन्डेन्ट सुवेदीले जानकारी दिए ।

बैंकिङ कसुर मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पक्राउ परेका बैंकका सिइओसहित ९ जना कर्मचारी र तीन जना खालावलाहरुलाई प्रतिवादी बनाएर अदालतमा मंगलबार अभियोग दर्ता गरेको थियो ।

यस मुद्दामा हिमाल भट्टराई, लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होम प्रसाद पौडेलसहित फरार रहेकाहरु बैंकका कार्यालय सहयोगी चुडा बहादुर निरौला, बैंकका कार्यालय सहयाक पदबाट राजिना दिएका निश्चल सुवेदी, बैकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समिक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खाता वाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईलाईल विरुद्ध मुद्दा दर्ता भएको हो । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार हिमालभट्टराईसहित १२ जना विरुद्ध उच्च अदालतको बाणिज्य इजालमा मुद्दा दर्ता भएको हो । सप्तकोशी बैंकको अपचलन भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ बैंककलाई भराइदिनुपर्ने सोही बरावर प्रतिवादीलाई जरिवना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजाय माग दाबी लिएर मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायीधीवक्ता रामहरी शर्मा काफ्ले जानकारी दिए ।