लोड हुँदैछ...

मेनु

सप्तकोशी बैंक घोटाला प्रकरण : धितोपत्र बोर्डलाई घुस दिन १५० लाख निकालियो

सप्तकोशी बैंक घोटाला प्रकरण : धितोपत्र बोर्डलाई घुस दिन १५० लाख निकालियो

विराटनगर । सप्तकोसी बैंकका सिइओसहित १२ जनाले १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचन गरेको आरोपमा उच्च अदालत विराटनगरमा मुद्दा दायर भएपछि प्रतिवादीको बयान लिन थालिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अदालतमा पेश गरेको मिसिलमा सुवेदीले धितोपत्र बोर्डलाई घुस दिन भन्दै दुई पटकमा १ करोड ५० लाख रुकम लिएको उल्लेख छ ।

अभियोगपत्रको पेज नम्बर ६ मा हिमाल भट्टराईको बयानमा सो कुरा उल्लेख गरिएको छ । ‘अचानक आजभन्दा करिब ३ महिना अगाडि फेरि पनि धितोपत्र बोर्डलाई घुस दिनुपर्ने भयो भनि मेरो करेन्ट एकाउण्ट प्रयोग गरी दिनैजसो गरी करिब रु.७०,००,००।– देखि रु.८०,००,०००।– जति निकाल्न लगाई उक्त रकम नविन सुवेदीले लानुभयो,’ उनले दिएको बयानमा उल्लेख छ ।

भट्टराईले आफूलाई प्रशिक्षार्थी कनिष्ठ पदमा नियुक्ति गरेर काम गर्दैैगर्दा नियुक्ति भएको ७ वर्षमा ७ पटक बढुवा भई कनिष्ठ अधिकृत पदमा पुगेको बताएका छन् । ‘बैकिङ कसुर’ मुद्दामा बैंकका सिइओ नविन सुवेदीसहित ९ जना कर्मचारी र तीन जना खातावालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मंगलबार उच्च अदालतमा मुद्दा दर्ता गरेको हो । अदालतमा बुधबार बैंकका तत्कालिन सिइओ नविन सुवेदीको बयान लिइएको छ ।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार सुवेदीसहित १२ जना विरुद्ध दर्ता भएको मुद्दाको सुनुवाई उच्च अदालतको वाणिज्य इजलासमा हुनेछ । अभियोग पत्रमा अपचलन भएको १५ करोड ७५ लाख र ५७५ रुपैयाँ बैंककलाई भराउनुपर्ने, सोही बराबरको रकम जरिवाना र ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायँको माग गरिएको छ ।

सन् २०१६ अगस्ट ७ देखि बबिता बस्नेतको ९९९०००१५००१५ नं. खाताबाट १४ करोड ५ लाख २१ हजार ३६५ रुपैयाँ र खर्च खाताबाट सन् २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३७० रुपैयाँ गरि ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ रेमिट खाताबाट अपचलन गरेको मोरङ प्रहरीले अनुसन्धानबाट देखिएको सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । २०७२ सालदेखि २०७८ मंसिरसम्ममा रेमिट शीर्षकबाट १५ करोड ६९ लाख ७७ हजार ९७७ रुपैयाँ र खर्च शीर्षकबाट ५ लाख ६२ हजार ५९८ रुपैयाँ अपचलन गरेको देखिएको छ ।

भट्टराईले भने सन् २०२१ ओक्टोबर २६ मा ९९९००००६४४०११ नं. खाताबाट ७७ लाख ९७ हजार ८८० रुपैयाँ, २०१८ एप्रिल १ मा १९ लाख ३१ हजार १६९ र २०१६ मार्च २७ गते ४२ हजार ५०० रुपैयाँ रेमिट र खर्च खाताबाट रकम झिकेको देखिएको छ ।

यसैगरी विभिन्न मितिमा कमल दाहालको रेमिट खाताबाट २०१६ अगस्ट १ तारखिमा २ लाख ६० हजार, २०१६ मार्च ३० तारिखमा खर्च खाताबाट १ लाख १३ हजार ६८० रुपैयाँ झिकेका छन् । २०१६ ओक्टोबर ६ तारिखमा मनोज भट्टराईको खाताबाट रेमिट खाताबाट ३३ लाख ८१ हजार ६३ र खर्च खाताबाट सोही मितिमा १ लाख ९३ हजार ४८ रुपैयाँ अपचलन भएको देखिएको छ ।

यस्तै बैंकका अपरेसन प्रमुख अमित थापा मगरको रेमिट खाताबाट २०१६ नोबेम्बर ३ तारिखमा ३ लाख ८६ हजार ५ सय रुपैयाँ हिनामिना भएको छ । यस्तै चुडा बहादुर निरौलाखको खर्च खाताबाट २०१६ मार्च २१ तारिखमा ४१ हजार रुपैयाँ झिकेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।