लोड हुँदैछ...

मेनु

विराटनगरमा सुजुकी सेलेरियो कार सार्वजनिक

विराटनगरमा सुजुकी सेलेरियो कार सार्वजनिक

विराटनगर । विराटनगरका लागि सुजुकी चारपाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता रेजेन्ट मोर्टस प्रालीले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरीयो सार्वजनिक गरेको छ । विराटनगरको कञ्चनबारीस्थित सोरुममा एक कार्यक्रमकाबीच उक्त कार सार्वजानीक गरिएको हो ।

सर्वाधिक माइलेज दिने गाडिको दावि गरिएको सो गाडीबाट ग्राहकलाई बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।

रेजेन्ट मोर्टस प्रालीेका म्यानेजर विनम श्रेष्ठले.“सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी भएको बताए । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज दिने, अन्य कारको तुलनामा बढि सुरक्षा र सुविधाजनक फिचर रहेको साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित गर्ने उनले बताए ।

सेलेरीयोले प्रति लिटर २६ किलोमटिर भन्दा बढि माइलेज दिने कम्पनीको दावि छ । यो कारको मुल्य २७ लाख ९९ हजार देखी ३१ लाख ९९ हजार सम्म रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds