विराटनगर । सुविधासम्पन्न बाथरुम तथा किचेनका सामग्री बिक्री वितरणका लागि हाइलेक्स सेनिटरीले विराटनगरमा शाखा सञ्चालनमा ल्याएको छ ।
विराटनगर महानगरपालिका–४ पिपलचोकमा सोमबारबाट सञ्चालनमा ल्याएको शाखाको सोमबार मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्घाटन गरे । उनले उद्योग क्षेत्रमा युवा समूहको उपस्थितीलाई बढाउँदै लैजानुपर्नेमा जोड दिए । कोभिड महामारीबाट तङ्ग्रिन नपाइरहेको अवस्थामा युवा उद्यमी व्यवसायमा आउनु सकारात्मक भएको उनको भनाइ थियो ।
हाइलेक्सका निर्देशक विश्वनाथ आचार्यले काठमाडौं लगायत विभिन्न स्थानमा बिक्री कक्ष रहेपनि प्रदेश १ को राजधानीमा भने पहिलो सुरुआत भएको जानकारी दिए । विराटनगरका आचार्यसंगै जितेश कोइराला, सुभाष भगतले संयुक्त रुपमा सञ्चालनमा ल्याएको शाखामा करिब ३ करोडको लगानी भएको बताइएको छ ।
हाल सञ्चालनमा आएको शाखामा १ सय रुपैयादेखि ५ लाखसम्मका बाथरुम र किचेनका सामग्री उपलब्ध छन् । बाथरुमका सामानहरु बेसिन, बाथटब, स्पा, ज्याकुजीसँगै किचेनतर्फ चिम्नी, ग्याँस हब, धारा, सिन्क स्टिम, वन पिस ट्वाईलेटका सामग्री आदि राखिएका छन् । भारतको गुजरातबाट सुरु भएको यस ब्राण्डको विभिन्न उत्पादन पछिल्लो समय चीनबाट हँुदै आएको बताइएको छ ।

