हाडजोर्नीको उपचारमा न्यूरोको सफलता

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले हाडजोर्नी पत्यारोपणसम्मको सेवा दिन थालेको छ । विशेषज्ञ चिकित्सक तथा आधुनिक उपकरणसहित अस्पतालले दिने सेवाप्रति जनविश्वास बढ्दै गएको अस्पतालले जनाएको छ ।

प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट हुन थालेको अस्पतालले जानकारी दिएको छ । यस्तो उपचार यसअघि काठमाडौ बाहिर नभएको अस्पतालले दाबी गरेको छ ।

न्यूरोमा अर्थोस्कोपिक प्रविधिबाट, हाडजार्नी सम्बन्धी उपचार, मेरुदण्ड शल्यक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) को हुने गरेको बताइएको छ । जोर्नी प्रत्यारोपणसम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. नवीनकुमार कर्णले बताए ।

‘दुरबिनको माध्यमबाट गरिने काँधको शल्यक्रिया भर्खरै सुरु गरिएको हो । दुर्घटनामा परेर खुस्किएको काँधको जोर्नी तान्ने र वा पटक पटक खुस्किएको जोर्नीलाई दुरबिनका माध्यमबाट शल्यक्रिया गरेर ठाउँमा राख्ने काम न्यूरोमै हुन थालेको छ,’ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. कर्णले भने । उनले उमेर वृद्ध हुँदै जाँदा काँधको मसल्स च्यातिने समस्या पनि दुरबिनको माध्यमबाट शल्यक्रिया गरेर उपचार गर्ने गरिएको बताए ।

काँधमा समस्या भएर उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको भन्दै उनले वर्षमा दुई पटक काँधको जाँच गराउनु उपयुक्त हुने जानकारी दिए । न्यूरो अस्पतालमा अहिलेसम्म २७ वटा घुँडाको प्रत्यारोपण भइसकेको छ भने ६ जनाको दुबै घुँडाको प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट इम्प्लान्ट राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्याआउने गरेको बताउँदै चिकित्सक कर्णले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’

सोमबार, ०९ फागुन, २०७८, बिहानको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर