लोड हुँदैछ...

मेनु

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

विराटनगर । ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । १२औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन् ।

दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । लिगको उपाधि जितिसकेको मच्छिन्द्रको १२ खेलमा ३२ अङ्क भएको छ । थ्री स्टार १८ अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।