बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

काठमाडौं । ललितपुर को बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएको छ । मन्दिरबाट गएको माघ ९ गतेदेखि हराएको बालकुमारीमाईको मूर्ति फेला परेको हो ।

बालकुमारीमाईको मूर्ति हात्तीवनको कात्तिक तार, सशस्त्र प्रहरी क्याम्प, क्लासिक टावरसँगै भेटिएको प्रदेश सांसद राजकाजी महर्जनले बताए ।

आज बिहान स्थानीयले क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

मूर्ति भेटिएपछि प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल लगायत हात्तीवन पुगेका थिए।

शुक्रबार, २८ माघ, २०७८, बिहानको १०:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर