विराटनगर । सरस्वती पूजाको अवसरमा विराटनगर–१६ दरैयामा गरिव तथा असाहय व्यक्तिहलाई कपडा तथा मास्क वितरण गरिएको छ ।
दरैया निवासी समाजवादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डल तथा इन्द्रेणी कला प्रतिष्ठानको संयुक्त आयोजनामा १५० थान कपडा तथा ५०० पिस मास्क वितरण गरिएको हो ।
सो क्रममा १३० जना बालबालिका, २० जना वृद्वाहरु र एकल महिलालाई साडी र कम्बल वितरण गरिएको सचिव मण्डलले बताए । कार्यक्रममा रेडियो नेपालका पुराना गायक रामा मण्डल, जसपा केन्द्रिय सदस्य जोगीलाल यादव, १६ नम्बरका वडाका अध्यक्ष मनोज सुव्वा, समाजवादी ट्रेड युनियन प्रदेश १ का अध्यक्ष मो. नसरुल, अशोक मण्डल, संजीव मण्डल, अमित चौधरी, मदन तत्मालगायत स्थानीय युवाको उपस्थिति थियो ।

