विराटनगर । पिछडावर्ग निषाद दलित जनजाती पार्टीको अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।

विराटनगर–९ स्थित शीतल धर्मसालामा प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण भएको हो । सो क्रममा प्रदीप कामत, मो. इस्लाम मिया अन्सारी, सुनिल कुमार मण्डल, देवनारायण ऋषिदेव, मनोज मण्डल, सोनेलाल मुखिया, किरणकुमार मुखिया, सञ्जय पासवान, मो.साहेव खानलगायत दर्जनौं कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी दलित जनजाती पार्टीमा प्रवेश गरेको सो पार्टीका अध्यक्ष प्रितम मुखियाले बताए ।

कार्यक्रममा प्रदेश १ का अध्यक्ष रामचरित्र मुखिया, राकेश केवट, रामदेवी मुखिया, सुनसरी जिल्ला अध्यक्ष कुन्दन सहनीलगायतको उपस्थिति थियो । कार्यक्रमबाट २१ सदस्य जिल्ला कार्यसमिति चयन भएको अध्यक्ष मुखियाले जानकारी दिए ।