विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिमण्डल आज विस्तार हुँदैछ । यसअघि भएको ७ सदस्यीय मन्त्रिमण्डललाई अब १३ सदस्यीय बनाउन लागिएको हो । मुख्यमन्त्री राजेन्द्र राईले आज दिउँसो सम्ममा मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ ।
सात मन्त्रालय रहेको प्रदेश १ मा अब मन्त्रालय नै १३ वटा बनाइएको छ। प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना राज्य मन्त्रि गरेर १४ सदस्यीय हुन लागेको हो ।
संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो। साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्।
मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बताएको छ। गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए।