लोड हुँदैछ...

मेनु

कुर्था–जयनगर रेल आउँदो महिनादेखि चलाउने तयारी

कुर्था–जयनगर रेल आउँदो महिनादेखि चलाउने तयारी

विराटनगर । कुर्था–जयनगर रेल आउँदो महिनादेखि चलाउने तयारी भएको छ ।धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म आउँदो महिनादेखि रेल चलाउने तयारी भएपछि धनुषाको जनकपुरधाम, औरही, जनकनन्दनीसहित विभिन्न पालिकाका स्थानिय भने खुसी भएका छन् ।

रेल्वे लिकको काम सकिएको लामो समय भइसके पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । आज चल्छ, भोलि चल्छ भन्दै निरास भएर बस्नुपरेका बेला अबको केही दिनमै रेल चल्ने कुराले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताए ।

नेपाल रेल्वे कम्पनीले केही दिन अगाडि रेलको परीक्षण गरेको थियो । २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म झण्डै ३५ किलोमिटर चल्ने रेल सेवाका लागि सामान्य सिटमा ७० र एसी सिटका लागि तीन सय रुपैयाँ भाडा निर्धारण गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।