डा. अबुलद्वारा सुनसरीका पालिकाहरुलाई निःशुल्क सिटामोल हस्तान्तरण

सुनसरी । नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा चौँधौ महाधिवेशनका निर्वाचित प्रतिनिधि समेत रहेका डा.अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गर्नु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई निःशुल्क सिटामोल हस्तान्तरण गरेका हुन् ।
काठमाण्डौंमा गत बुधबारदेखि अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. को आयोजनामा निःशुल्क औषधी वितरण कार्यक्रमलाई निरन्तरता दिदै गृह जिल्ला सुनसरीमा सो पालिकाहरुलाई पनि निःशुल्क पारासिटामोल ट्याबलेट हस्तान्तरण गरेका हुन् ।

इनरुवा नगरपालिकालाई ७ हजार सिटामोल ट्याबलेट, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र कोशी गाउँपालिकालाई ३५ सयको परिमाणमा निःशुल्क सिटामोल वितरण गरेको अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. का प्रतिनिधि तथा बरिस्ठ पत्रकार समेत रहेका ताविल अन्सारीले जानकारी दिए ।

निःशुल्क सिटामोल हस्तान्तरण गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कोभिड–१९ महामारीको बेला र देशमा सिटामोल अभाव भएको बेलामा राहत स्वरुप समाज सेवा गर्ने भावनाले सिटामोल उपलब्ध गराएकोमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

सोमबार, १७ माघ, २०७८, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर