प्रदेश १ मन्त्रीपरिषद्को बैठक बस्दै : मन्त्रालय ११ वटा र मन्त्रीको संख्या १५ पुग्ने

विराटनगर । प्रदेश १ को गठबन्धन सरकारको मन्त्रीपरिषद्को बैठक आज साँझ बस्दैछ । आजको बैठकले मन्त्रीपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने भएको हो ।

उक्त नियमावलीमा हालको मन्त्रीमण्डलको सदस्य संख्या अधिकतम ७ जनाको छ । नियमावली संशोधन गरेर मन्त्रालय ११ वटा पुर्याउने र मन्त्री तथा राज्यमन्त्रीको संख्या १५ जना बनाउने गठबन्धनको तयारी छ ।

सरकारले प्रदेशको सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विभाजन हुनेछ ।

नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा रहेको प्रदेश सरकार गठन भएको तीन महिना बितिसकेको छ । सरकारमा रहेका दलको अधिवेशन र महाधिवेशनका कारण सरकार विस्तारमा विलम्ब भएको हो ।

कात्तिक १६ गते राईको नेतृत्वमा एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । पहिलो चरणमा कांग्रेसले दुई तथा माओवादी र जसपाले एक–एक मन्त्रालयको जिम्मेवारी लिएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई जसपाले नेतृत्व गरेको सामाजिक विकास राज्य मन्त्रीको रूपमा समेटिएको छ ।

आइतबार, १६ माघ, २०७८, दिउँसोको ०४:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर