विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरका वडाहरुमा सञ्चालित खोप केन्द्रहरुको अनुगमन गरेका छन् ।
कोभिड १९ विरुद्धको खोप सञ्चालन भईरहेका वडाहरुमा पुगेर मन्त्री यादवले खोप केन्द्रहरुको अनुगमन गर्नु भएको स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।
मन्त्री यादवले विराटनगरका १३, १४, १७ र १८ नम्वर वडाका खोप केन्द्रहरुमा पुगेर अनुगमन गरेका थिए । उनले लक्षित वर्गहरुले खोप पाए/नपाएको अवस्थाबारे खोप केन्द्रका स्वास्थ्यकर्मीहरुसँग जानकारी लिए । लक्षित वर्गहरुबाट खोप नपाएको भन्ने गुनासो नआउने गरि काम गर्न उनले निर्देशन दिए । उनले भने, ‘खोप केन्द्रमा आएका कुनैपनि व्यक्ति खोप नपाएर फर्कनु नपरोस् ।’ मन्त्री यादवले स्वास्थ्य मापदण्ड पालना गरि खोप लगाउन र अनावस्यक भीडभाड नगर्न पनि आग्रह गरेका छन् ।
खोप केन्द्रमा आएका व्यक्तिहरुलाई मन्त्री यादवले कुनै गुनासो भए तुरुन्त आफुलाई जानकारी गराउन पनि आग्रह गरे । उनले अनुगमन गरेका ४ वडाका खोप केन्द्रमा आएका स्थानीय र स्वास्थ्यकर्मीसँग जानकारी पनि लिएका थिए ।