लोड हुँदैछ...

मेनु

कटहरी गाउँपालिका उपप्रमुख सरदारद्वारा सरकारी गाडी दुरुपयोग

कटहरी गाउँपालिका उपप्रमुख सरदारद्वारा सरकारी गाडी दुरुपयोग

विराटनगर । मोरङको कटहरी गाउँपालिका उपप्रमुख मन्जिताकुमारी सरदारले सरकारी गाडी दुरुपयोग गरेको भेटिएको छ ।

सरदारले सोमबार सरकारी गाडी लिएर जोगवनी पुगेको स्थानीयले दाबी गरेका छन् । उक्त दाबीबारे उपप्रमुख सरदारले पनि पुष्टि गरिन् । उनी चढ्दै आएको गाउँपालिकाको बा १ झ ४२४१ नम्बरको निशानको गाडीसहित सोमबार बिहान उनी जोगवनी पुगेकी थिइन् । गाडीमा उनले झण्डै आधा दर्जन कपडाको पोका हालेको तस्बिरमा देखिन्छ ।

गाडी दुरुपयोग भएको विषयमा प्रतिक्रिया दिँदै उपप्रमुख सरदारले आफ्नो ठूलो छोराको विवाह भएको कारण सामान किन्न जोगवनी गएको बताइन् । ‘मलाई मेरो गाडीले जोगवनी सिमानासम्म पुर्याएर छोडेको हो,’ उनले भनिन्, ‘मेरो ठूलो छोराको विवाह हुन लागेको थियो, त्यसकारण सपिङका लागि गएको हुँ ।’ गाडी धेरै समय आफूलाई पर्खेर नबसेको उनले बताइन् ।

स्थानीका अनुसार सरदारको दिदीको छोरा सुरज सरदारको आउँदो माघ १८ गते विवाह हुने तय भएको छ । सोही विवाहको सरसामान किन्न प्रायः जसो सरकारी गाडी लिएर जाने गरेको उनीहरु बताउँछन् ।

4 प्रतिक्रियाहरू

4 प्रतिक्रियाहरू

Amresh
January 24, 2022 9:08 PM

Yo galat hoo tyo gadi jum diesle lay chalxa tyo diesel garib nepali janta ko paisa lay aauxa asare misuse garne lai gov lay punishment dinu parxa janta ko kam ma use hune gadi afno personal kam ma use garne lai bebasta garnu parxa xitai

Rito Rajbanshi
January 25, 2022 8:54 AM

Sarkar ma vayeko Karan le faida udako

January 25, 2022 7:13 PM

Sarkar maa basada jhac ko rani vayachha

Mukesh jaiswal
April 12, 2022 6:21 AM

Karbahi garnu parxa xito vanda xito kita sarba sadharan janta lai kaam pare tiniharu lai ni madat hunu parxa tyo gadi le jati bela ni….

प्रतिक्रियाहरू बन्द छन्।