लोड हुँदैछ...

मेनु

मुख्य राजमार्गमा सीसी क्यामेरा जोड्दै प्रदेश १ सरकार

मुख्य राजमार्गमा सीसी क्यामेरा जोड्दै प्रदेश १ सरकार

विराटनगर । प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ ।

प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जानकारी दिए ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाले उत्पादन गरेको कार्यक्रम प्रदेश डायरीमा कुरा गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने बताए । उनका अनुसार सीसी क्यामेरा जडान गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए । ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ । प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी काम गरिरहेका छौं ।’

प्रदेश सरकारले १४ वटै जिल्लामा गरिब, अशक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानूनी सहायता केन्द्र स्थापना गरिने उनको भनाइ छ । सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालय हो भनेर देखिने गरी काम गर्ने उनले बताए । उनका अनुसार केही महिनाभित्रै प्रदेशका अदालत तथा बारहरूमा प्रदेश सरकारका ऐन कानून भेट्न सकिने छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

shahabuddhinaalam
January 23, 2022 8:20 PM

This action is very good.

प्रतिक्रियाहरू बन्द छन्।