लोड हुँदैछ...

मेनु

विराटनगर भन्सारबाट २१ अर्ब राजश्व संकलन

विराटनगर भन्सारबाट २१ अर्ब राजश्व संकलन

विराटनगर । एकीकृत भन्सार जाँचचौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले सो अवधिमा गत आर्थिक वर्षभन्दा ३ अर्ब ७५ करोड ९९ लाख ७३ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाले जानकारी दिए ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा १८ अर्ब ३ करोड २६ लाख २१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सङ्कलित राजस्वमा भन्सार महसुल आयाततर्फ ७ अर्ब ९६ करोड ७१ लाख ३२ हजार, मूल्य अभिवृद्धिकरतर्फ १० अर्ब ९४ करोड २७ लाख १७ हजार, अन्तःशल्कतर्फ १ अर्ब ४८ करोड ५३ लाख १२ हजार, स्वास्थ्य जोखिम करतर्फ ३ हजार, भन्सार महसुल निर्याततर्फ ८४ लाख ३८ हजार संकलन भएको छ । यस्तै, कृषि सुधार शुल्कतर्फ ४८ करोड ८५ लाख ३३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ २ करोड ४७ लाख ७० हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ ९ करोड ३२ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ३२ करोड ८ लाख ४४ हजार, पूर्वाधार करतर्फ २३ करोड रुपैयाँ संकलन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।