लोड हुँदैछ...

मेनु

बर्जु महोत्सवमा आगजनी घटनाको विषयमा छानबिन गर्न समिति गठन

बर्जु महोत्सवमा आगजनी घटनाको विषयमा छानबिन गर्न समिति गठन

सुनसरी । झण्डै ५ करोडको क्षति हुने गरी सुनसरीको बर्जु गाउँपालिकाको बर्जु महोत्सवमा भएको तोडफोड र आगजनीको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्जु महोत्सव आगजनीको घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । पाँच दिनभित्र प्रतिवेदन पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको हो । समितिका सदस्यहरूमा प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक मित्रलाल श्रेष्ठ, किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी रहेका छन् ।

उक्त घटनाको अनुसन्धान (दोषीको पहिचान) गरी जिल्ला प्रहरी कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

रतन यादव
January 19, 2022 8:32 PM

जुन घटना घटीयो तेश मा आयोजक समिति को शब भन्दा ठुलो गलती छ । यश मा कलाकार , टेण्ट र साउणड सिस्टम को के गलती छ र सब आयोजक को गलती हो।

प्रतिक्रियाहरू बन्द छन्।