विराटनगर । कानेपोखरी २ थारुचोकमा परालको कुन्युमा लागेको आगो निभाउन हिंडेको रंगेलीको दमकल गेउरिया खोलामा पल्टिएको छ ।
गए राती ११ बजे रंगेलीको दमकल आगो निभाउनका लागि ४५ सय लिटर पानीबोकेर त्यसतर्फ जाने क्रममा पल्टिएको हो । दमकलमा सवार ४ जना सकुशल रहेको कानेपोखरी पालिका प्रहरी प्रमुख युवराज भुजेलले जानकारी दिए ।
– थारुपोर्टलबाट

