विराटनगर । विराटनगरमा जारी जुत्ताचप्पल मेलामा उपभोक्ताको चासो बढ्दै गएको छ । पुस १ गतेदेखि पुस २९ गतेसम्म जारी रहने जुत्ताचप्पल व्यापार मेलामा दैनिक चार हजार जोर जुत्ताचप्पल विक्री भएको पाइएको छ । विराटनगरको धरान–विराटनगर सडकखण्डको भाटभटेनी सुपरमार्केटसँगै दक्षिणतर्फ रहेको क्षेत्रमा यतिबेला जुत्ताचप्पल व्यापार मेला चलिरहेको छ ।
जुत्ताचप्पल व्यापार मेलामा तीन वटा जुत्ताचप्पल उत्पादक कम्पनीमा उत्पादन वेच्न राखिएको आयोजकले जनाएको छ । नेपाली जुत्ताचप्पल उत्पादनमा ५५ हजार श्रमिक कार्यरत रहेको नेपाल फुटवेयर म्यानुप्याक्चरर्स एसोशिएशन अफ नेपालले जनाएको छ ।
फुटवेयर म्यानुप्याक्चरर्स एसोशिएशन अफ नेपालका अनुसार नेपालमा १२ वटा कम्पनीले जुत्ताचप्पलको उत्पादन गर्दै आएको भएपनि विराटनगरमा जारी मेलामा भने हाइलाइफ, शिखर र युनाइटेड रियल लेदर कम्पनीले २ सय भन्दा बढी मोडलका जुत्ताचप्पल विक्री गरिरहेका छन् । नेपालमा वार्षिक ९ करोड जोर जुत्ताचप्पलको माग हुने गरेको फुटवेयर म्यानुप्याक्चरर्स एसोशिएशन अफ नेपालले जनाएको छ । विराटनगरमा जारी जुत्ताचप्पल मेलामा उपभोक्तामा चासो बढ्दै गएको मेला आयोजकले जनाएको छ ।
मेलामा गुणस्तरीय र आधुनिक प्रविधिबाट निर्मित जुत्ताचप्पलको विक्री भइरहेको युनाइटेड रियल लेदर सुज उद्योगका बजार अधिकृत सुरज प्रधानले बताए । जुत्ताचप्पल व्यापार मेलामा १० देखि ६० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नेपालमा उत्पादन गरिएका जुत्ता नेपाली माटो सुहाउँदो र पर्यावरणीय अवस्थालाई मध्यनजर गरी निर्माण गरिने भएकाले विदेशी जुत्ताचप्पल भन्दा सस्तो र बलियो हुने मेला आयोजकको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।