विराटनगर । होन्डाले दशैं र तिहारलाई लक्षित गरि ल्याएको ‘होन्डा छ साथ ७’ अफरमा रविना चौधरीले एक लाखको पुरस्कार जितेकी छिन् ।
नेपालका लागि होन्डा मोटसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले ल्याएको अफर अन्तर्गतको १ नंं. प्रदेशबाट चौधरीले १ लाखको पुरस्कार जितेकी हुन् ।
लक्की ड्रमार्फत पुरस्कार जितेकी चौधरीलाई कम्पनीले बिहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि पुरस्कार रकम हस्तान्तरण गरेको हो । चौधरीले जितेकी १ लाखको चेक १ नं. प्रदेशको स्याकार टे«डिङ्ग कम्पनी प्रालिका म्यानेजर सन्तोष थापा र शोरुम म्यानेजर मदन श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
कम्पनीले ल्याएको यस्तो स्किमले होन्डाप्रति ग्राहकको आकर्षण थप बढेर जाने म्यानेजर श्रेष्ठले बताए । कार्यक्रममा विजेता चौधरीले खुसी व्यक्त गर्दै नगद पुरस्कारले होन्डाप्रतिको विश्वास बढेर गएको बताइन् । कम्पनीले ल्याएको स्किम होन्डा छ साथ अन्तर्गत सात प्रदेशबाट १÷१ जना गरि जम्मा ७ जना लक्की ड्रमार्फत भाग्यशाली बिजेता घोषणा गरिसकेको छ ।
कम्पनीले ल्याएको स्किम अन्तर्गत प्रदेश १ मा रविन चौधरी, प्रदेश २ मा राम प्रसाद चौधरी, बागमती प्रदेशमा अनिना मानन्धर, गण्डकी प्रदेशमा जमुना मुडवरी, लुम्बिनी प्रदेशमा अनप्रसाद काफ्ले, कर्णाली प्रदेशमा तारा थापा र सुदुरपश्चिम प्रदेशमा पर्शुराम थारु बिजेता भएका छन् ।
बिजेता भाग्यशाली ग्राहकले जनही १ लाखका दरले पुरस्कार पाएका छन् । त्यस्तै बम्पर लक्की ड्रामार्फत पाल्पा रामपुरका सावित्रा श्रेष्ठले नगद १५ लाख पुरस्कार जित्न सफल भए । होन्डाले यो स्किम भदौ २७ देखि सुरु गरेर मंसिर १४ गतेसम्म संचालनमा ल्याएको थियो । यो स्किम अन्तर्गत मोटरसाइकल खरिदकर्ता ग्राहकले ७ वर्षसम्म ९ ओटा सर्भिस निःशुल्क, पार्ट्समा ७ प्रतिशत छुट, स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म क्यास ब्याक जित्ने अवसर रहेको थियो । होन्डा मोटसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार टे«डिङ कम्पनीले यो स्किम अन्तर्गत ३० हजारभन्दा धेरै स्कुटर तथा मोटसाइकल बिक्री गरेको जनाएको छ ।
विराटनगरमा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका ३ का वडाअध्यक्ष बिनोदकुमार बस्नेत, मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्कालगायतको उपस्थित रहेको थियो ।