विपन्न परिवारका ३७ बालिकालाई छात्रवृत्ति

विराटनगर । मोरङको कटहरी गाउँपालिका ७ थलाहा र धनपालथान गाउँपालिकाका दुई विद्यालयमा अध्ययनरत ३७ जना विपन्न दलित समुदायका बालिकाहरुलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले थलाहास्थित जनता माध्यामिक विद्यालयका २९ जना र धनपालथान स्थित दादर वैरियाको सरस्वती माविका आठ जना गरी ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको हो ।

समाजले ६ कक्षामा अध्यनरत बालिकालाई १२ हजारका दरले ४ लाख ४४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको जनाएको छ । ‘छोरी पढाऔः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्तर्गत ५ वर्षसम्म अथात् १० कक्षा पुगुन्जेल यिनै बालिकालाई १२ हजारका दरले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

छात्रवृत्ति हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजका सभापति गोविन्द खनालले शान्ति समाजको ५ वर्षे बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पारेका थिए । यो अभियानले आर्थिक÷सामाजिक रुपमा पछि परेकाहरुको उत्थानमा बल पुग्ने विश्वाससमेत उनले व्यक्त गरे ।
शान्ति समाज मोरङ शाखाका सभापति भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण विश्वास, जनता मावि सञ्चालक समितिका अध्यक्ष बम राई, शान्ति समाजका केन्द्रीय सदस्य सुदीप रिजाल, मोरङ शाखा सचिव अशोक लामा, समाजसेवीहरु रामबाबु दाहाल, राजेन्द्र खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । ५ वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र उर्मिला पराजुलीले २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गरेका छन् ।

यसैगरी गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, रामकृष्ण बराल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनाल गरी ३२ जनाले छात्रवृत्ति अभियानका लागि ५ वर्षभित्र २२ लाख २० हजार सहयोग गर्ने जनाइएको छ ।

पुस १४, २०७८, दिउँसोको ०२:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर