भोलीदेखि तीन दिनसम्म विराटनगरमा कोरोना विरुद्धको खोप लगाइने

विराटनगर । विराटनगरमा सोमबारदेखि तीन दिनसम्म कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

अहिलेसम्म एक पटक पनि खोप नलिएका नागरिकहरुलाई लक्षित गरेर महानगरले तीन दिन नगरमा खोप सेवा सञ्चालन गर्न सार्वजनिक सूचना प्रवाह गरेको छ । पुस १२, १३ र १४ गतेसम्म महानगरमा खोप अभियान जारी रहने बताइएको छ ।

सोमबारदेखि सुरु हुने खोप अभियानमा १८ वर्ष माथिका सबै नागरिकहरुलाई खोप उपलब्ध गराइने छ । महानगरपालिकाको स्वास्थ्य शाखाले जारी गरेको सूचनामा यस अघि एक पटक पनि खोप नलिएका र १८ वर्ष माथिका व्यक्तिहरुलाई पहिलो मात्रा खोप लगाइने उल्लेख गरिएको छ ।
महानगरपालिका १९ वटै वडा कार्यालयहरुमा खोप लगाउने व्यवस्था मिलाइएको महानगरले जनाएको छ । भेरोसेलको पहिलो मात्रा खोप लिनेहरुले भ्याक्सिन. एमओएचपी. जिओभी. एनपीमा दर्ता गरि दर्ता नम्बरसहित उपस्थित हुन भनिएको छ । खोप लिन नागरिकताको प्रतिलिपि पनि आवश्यक पर्ने भएकोले साथै ल्याउन सूचनामा भनिएको छ ।

यसअघि विराटनगर महानगरपालिकाले ४० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुका लागि खोप अभियान सञ्चालन गरेको थियो । महानगरका करिव एक लाख बढी व्यक्तिहरुले कोरोना विरुद्धको खोप प्राप्त गरिसकेको बताइएको छ । त्यसबाहेक परीक्षामा सहभागी हुनु पर्ने विद्यार्थीहरुका लागि पनि महानगरले खोप उपलब्ध गराइसेको छ । यस अभियानमा १८ वर्षदेखि ४० वर्षसम्म र त्यसभन्दा माथि उमेर समूहका छुटेका व्यक्तिहरु सबैलाई खोप अभियानमा सहभागी हुन महानगरले आव्हान गरेको छ ।

आइतबार, ११ पुष, २०७८, साँझको ०५:१० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर