विराटनगर । ईष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार विराटनगर स्थित बिग होटलमा एक कार्यक्रमको आयोजना गरि आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा संस्थाकी अध्यक्ष यशोदा राईले आर्थिक वर्ष ०७७-०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । जस अनुसार संस्थाको हालसम्म कुल शेयर पुँजी ३२ करोड २० लाख ८८ हजार पाँच सय, निक्षेप १४ करोड ३ लाख ७६ हजार सात सय ३३ रुपैँया रहेको छ । साथै संस्थाले सो अवधिमा १ करोड ९१ लाख १५ हजार ८ सय ९८ रुपैँया खुद नाफा आर्जन गरेको छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा सविन कपाडीलाई पुरस्कृत गरिएको थियो । उनलाई वर्ष भरि उत्कृष्ट कार्य गरेको भन्दै नगद एकलाख सहित सम्मानपत्रले सम्मानित गरिएको हो । मुख्य रुपमा कृषि क्षेत्रमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको सहकारीले आफ्ना शेयर सदस्यलाई कृषि सम्बन्धित आधुनिक तथा प्राविधिक तालिम दिँदै आएको छ ।
कृषकमाथि कर्जा लगानी साथै उनिहरुको उत्पादनलाई बजारीकरण गरि कृषकलाई आर्थिक रुपमा सबल बनाउन योगदान गर्दै आएको छ ।
हालसम्म १३८ वटा कृषि हित लघु समुह निमार्ण गरेको संस्थामा ५ सय ५६ जना शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.विं उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।