उधौली र नेवारहरूको महत्वपूर्ण पर्व योमरी पुन्हिको अवसरमा मुख्यमन्त्री राईको शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले किराँतहरूको महान पर्व उधौली र नेवारहरूको महत्वपूर्ण पर्व योमरी पुन्हिको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

उनले नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक भएको र यो कुरालाई संविधानले पनि स्वीकारेको बताएका छन् । ‘यो विविधिता हाम्रो विशिष्टता हो र हाम्रो सम्पत्ति पनि हो । विविधताबीचको एकता हाम्रो सुन्दरता र हाम्रो शक्ति पनि हो ।

त्यसैले एक अर्काको भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य हो, दायित्व हो,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘उधौली र यःमरि पुन्हि जस्ता पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, यी पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना र अपेक्षासहति फेरि पनि संसारभरि फैलिएर रहेका तमाम नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई उधौली र यःमरि पुन्हिका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

आइतबार, ०४ पुष, २०७८, दिउँसोको १२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर