विराटनगर । जनजागरण सँगै चलचित्र क्षेत्रमा आदिवासी जनजातीको विकास गर्ने उद्देश्यले विराटनगरमा ‘आदीवासी जनजाती चलचित्र महोत्सव २०७८’ हुने भएको छ । राजवंशी चलचित्रकर्मी समाज समितिको आयोजना एवम् आदिवासी जनजाती चलचित्र महासंघको सहकार्यमा यहि पुस ९ र १० गते महोत्सव हुन लागेको हो ।
महोत्सवमा राजवंशी, थारु, मगर, माझी, तामाङ, राई, लिम्बू, सुनुवार, भुजेल, खवास र शेर्पा चलचित्रकर्मीहरुको १७ वटा चलचित्र प्रस्तुत हुने समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । चलचित्र अतिथी सदनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म प्रस्तुत हुने आयोजकले जनाएको छ ।
राजवंशी चलचित्रकर्मी समाज समितिले यसअघि राजवंशी समुदायको संस्कार र संस्कृतीमा आधारित ‘समाद’ भाग १ गीति एल्वम, राजवंशी कथानक चलचित्र ‘दखल’, दाईजो कुप्रथाविरुद्धको ‘दुलारी’, वालविवाहविरुद्धको जेष्ठ नागरिक संरक्षण सम्बन्धि मलहम, राजवंशी जन्म संस्कारमा आधारित ‘चोरकच्छी’ र राजवंशी समुदायको देवस्थल हमर थान (ग्रामथान) निर्माण गरी प्रदर्शन गरिसकेको छ ।
Bahut achha