अलैंचीको डाँठ र पात सदुपयोग गरी उद्योग

विराटनगर । अलैँचीको फल टिपिसकेपछि प्रयोगविहीन हुने सरा (पात र डाँठ)को सदुपयोग गर्दै माया गुरुङले उधोग संचालन गरेकी छन् । गुरुङले ताप्लेजुङको फुङ्लिङ नगरपालिका २ मा चन्दन फाईबर उधोग संचालन गरेकी हुन् ।

साना तथा घरेलुु उधोग अन्तरगत चन्दन फाईबर उधोग २०६८ सालमा दर्ता गरि उनले संचालन थालनी गरेकी हुन् । एक लाख ८० हजार को लगानीबाट उधोग सुरु गरेकि उनले अहिले मासिक २ लाखको कारोबार गरिरहेको बताउँछिन् ।

उनी भन्छिन्, ‘सुरुका दुईतीन वर्ष त अलैंचीको सरालाई चिनाउन नै लाग्यो । तर, निरन्तर लागिरहे अहिले मासिक डेढ दुई लाखको कारोबार गरिरहेको छु ।’ लागत कटाएर वार्षिक ८ लाख नाफा हुन्छ ।’

पुरानो फल दिइसकेको अलैंची फाँडेर फालिने बोट संकलन गरेर सदुपयोग गर्दा अलैचीधनीलाई समेत फाइदा पुगेको छ भने संकलनका लागि मानिसले रोजगारीसमेत पाउने भएका छन् । अलैंती खेती गर्दा मुख्यगरी भदौदेखि मङ्सिरसम्म पुरानो बोट निकाल्ने गरिएको छ । यसै बेलामा मायाले ज्याला मजदुरीमा मानिसहरुलाई काम लगाएर सरा संकलन गर्ने गरेकी छन् ।

चार महिना सङ्कल गरेको सराले एक वर्षभरीका लागि कच्चापदार्थको जोहो हुने गरेको उनले बताइन् । उधोगबाट उनी आफू मात्रै स्वरजगार भएकी छैनन् आफूसँगै स्थानीय २० जनालाई रोजगारी समेत दिएकी छन् ।

उधोगमा उत्पादित सामानहरुमा म्याट, डुअर म्याट ,ब्याग, पर्स, ढाकि, फुलदानी, गुन्द्री, गजेरा, हट म्याट, मुढा, राउन्ड म्याट, प्लेस म्याट, बेड रनर, कुसन, टी म्याट, पेन होल्डर लगायतका चालीसभन्दा बढी प्रकारका दैनिक प्रयोग हुने तथा सजावटका सामग्री उत्पादन हुन्छ ।

उधोगबाट उत्पादित सामाग्री ताप्लेजुङको स्थानीय बजार भन्दा पनि जिल्ला बाहिर काठमाडौं निर्यात् गर्छिन् ।

यी सामग्री हातबाट नै बुन्ने गरेको र अन्य देशबाट आयातित सामग्री भन्दा सुन्दर र टिकाउ भएकोले पछिल्लो समय माग बढ्दै गुरुङले बताइन् ।

उनले अलैँचीको सरा जिल्लाको फावाखोला, सिकैचा ,न्याङ्खोल्याङ, हाङ्देवा, दोखु लगायतका स्थान बाट ल्याउने गर्छिन् ।

मंसिर २९, २०७८, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर