विराटनगर । खोटाङ सामाजिक सेवा मञ्च र नारी स्रष्टा समाजको संयुक्त आयोजनामा एक विशेष मुक्तक गोष्ठी सम्पन्न भयो ।
राजधानीबाट आएका अतिथि मुक्तककार राजन सिलवाल र स्थानीय मुक्तककारहरुले आ–आफ्ना दमदार मुक्तकहरु वाचन गरे । खोटाङ साहित्य समाजका केदार ढकालको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल, झोराहाट नाट्य घरका भरत गुरागाईँ बर्बरिक, पत्रकार तथा बुद्धिजीवी इन्द्र न्यौपाने, कवि मञ्जुश्री गिरी, मुक्तककारहरु नेत्र खतिवडा, रोहिणी रसिक, लक्ष्मी रायमाझी खड्का, पुष्पा सायरा, जीविका अश्रु (सिक्किम), मिना श्रेष्ठ सबि, शारदा कार्कीलगायतको उपस्थिति थियो ।
स्थानीय मुक्तककारहरुले तिन वटादेखि पाँच वटासम्म मुक्तकहरु वाचन गरेका थिए भने अतिथि मुक्तककार राजन सिलवालले कार्यक्रमको अन्त्यमा आफ्ना २५ मुक्तकहरु सुनाएर सहभागीहरुलाई मुग्ध पारेका थिए ।
कार्यक्रममा उनले आफ्नो मुक्तकीय यात्रा र मुक्तक लेखनका प्राथमिकताका बारेमा पनि छोटो प्रकाश पारे । कार्यक्रमको सुरुमा अतिथि मुक्तककार सिलवाललाई खोटाङ सामाजिक सेवा मञ्च र नारी स्रष्टा समाजका तर्फबाट क्रमशः केदार ढकाल र ममता मृदुलले खादा, रुद्राक्षको माला र मायाको चिनो समेतले मुक्तकिलो स्वागत गरेका थिए ।
करिब सबा घण्टासम्म चलेको उक्त कार्यक्रम अभूतपूर्व र अविस्मरणीय रहेको टिप्पणी मुक्तककार तथा कार्यक्रम सञ्चालक रोहिणी रसिकले गरे ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।