कांग्रेस प्रदेश सदस्यमा डाक्टर साहलाई उठाउने तयारी

विराटनगर । नेपाली कांग्रेसको आसन्न पहिलो प्रदेश अधिवेशनबाट प्रदेश सदस्यको रुपमा विराटनगरका डाक्टर बालकृष्ण साहलाई पनि उठाउने तयारी भएको छ ।

प्रदेश प्रतिनिधिमा सुनसरी क्षेत्र नम्बर २ (ख)बाट निर्विरोध निर्वाचित भएका डाक्टर साहलाई प्रदेश कार्यसमिति सदस्यमा उठाउने तयारी गरिएको हो । पेशाकर्मी, सेवाभाव भएका सक्रिय भएका बुद्धिजीवीहरूलाई अवसर दिनुपर्छ भन्ने मान्यताका साथ आफूलाई पार्टीले उम्मेद्वार बनाउने विश्वास रहेको डाक्टर साहले बताए ।

‘सँधै पुराना योद्धा मात्रै भएर पुग्दैन, नयाँ जोश र जाँगरका साथ केही सोच भएका सक्रिय कार्यकर्ता नेतृत्वमा आउन जरुरी छ,’ साहले भने, कुनै पनि टिम (समूह) हुन्, टिममा सबै किसिमका व्यक्तिहरु आवश्यक हुन्छन्, त्यसैले अबको नेतृत्वमा डाक्टर, ईन्जिनियर, वकिल, पत्रकार, शिक्षक जस्ता पेसाकर्मीहरुलाई स्वागत गर्दै अवसर दिनु पर्छ ।’

डाक्टर साहले देश संघीयतामा गएकाले प्रदेश कार्य समितिमा गएर विज्ञका रुपमा संगठन विस्तार तथा संस्थागत गर्न आफ्नो भूमिका हुने बताए । बौद्धिक तथा पेसाकर्मीलाई संगठित गर्दै योजना, नेतृत्व र संगठित गर्न, राजनीतिप्रतिको वितृष्णालाई चिर्दै राजनीतिलाई पेसाभन्दा पनि समाज सेवाका रुपमा अगाडि बढाउन आफूहरु आउनु परेको उनको भनाइ छ । डाक्टर साह विभिन्न संघसंस्था तथा लायन्समा सक्रिय रहेर चिकित्सिय सेवा सँगसँगै समाज सेवामा सक्रिय रहँदै आएका छन् । सक्रिय राजनीतिकमा धेरै समय नबिताएका डा. साह प्रदेश १ कांग्रेसका दलका नेता माननीय राजिव कोईरालाका प्रिय मानिन्छन् ।

बिहिबार, ०९ मंसिर, २०७८, बिहानको ०९:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर