विराटनगर । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष स्व.महेन्द्र गोल्छाको १२औं स्मृतिमा बिहीबार उद्योग संगठन मोरङले विभिन्न कार्यक्रम गरेको छ । स्व. गोल्छाले आर्थिक, औद्योगिक, सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई स्मरण गर्दै कार्यक्रम गरेको हो ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले सचिवालयम रहेको स्व. गोल्छाको अर्धकदको शालिकमा माल्यार्पण गर्दै गोल्छाले उद्योग÷व्यवसाय क्षेत्रको हित, व्यवसायीक एकतामा पु¥याएको योगदानलाई स्मरण गरे । तत्कालिन समयमा औद्योगिक विकासका लागि दीर्घकालिन महत्व राख्ने विशेष आर्थिक क्षेत्रको स्थापना, एग्रो–ईण्डष्ट्रियल लिंकेज, नो वर्क–नो पेको अवधारणा उत्तिकै महत्व रहेको बताए ।
शलिकमा माल्यापर्णद गर्दै संगठनका पूर्वअध्यक्ष एवं स्व.गोल्छाका भाई दिनेश गोल्छाले संगठनले उद्योगी÷व्यवसायीको सामूहिक हितका साथै श्रमिकको हकएवं औद्योगिक क्षेत्रको सर्वाङ्गिर्णविकासलाई मध्यनजर गरी साझा उद्देश्य पूर्तिमा केन्द्रित हुनु पर्नेकुरामा दाजु स्व. महेन्द्र गोल्छाले सदैब जोड दिने गरेको स्मरण गरे । गोल्छाको स्मृतिमा संगठनको महिला उद्यम समिति तथा सामाजिक विकास समितिले उद्योगका कार्यरत महिलाहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी भेन्डिङ मेशिन राख्ने अभियान मोरङको टंकिसीनुवारी स्थित दुगड फुड एण्ड स्पाइसेस प्रा.लि. बाट सुुरु गरेको छ ।
संगठनले यसअघि नै स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र गठन गरी स्व. गोल्छाको योगदानलाई चीरकालसम्म स्मरणीय बनाउन केन्द्रमार्फत आर्थिक विकासका विविध आयामहरुमा अध्ययन अनुसन्धानतथा शोधका साथै नीति विश्लेषण गर्न युवा अनुसन्धानकर्ताहरुलाई प्रेरित गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । १२ औं स्मृतिको विभिन्न कार्यक्रमहरुका संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य सुवोध कोईराला, सुरेन्द्र गोल्छा, सञ्जय अग्रवाल, तारानाथ निरौला, ईन्द्र खत्री, पारस लुनिया, शौरभ सारडालगायतको सहभागिता थियो ।

