विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा युवाहरूबीच ‘ग्याङफाइट’ मा धनकुटा पाख्रीबास घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको हत्या आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रहरीले हत्या आरोपमा बुधबार चार जनालाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढिगंगा ६ का २४ वर्षीय इश्वर लिम्बू, सोहि ठाउँका १८ वर्षीय सुदिप उराँव र २० वर्षीय सुदिप उराँव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ पर्ने चार जनालाई आज मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको उनले बताए । घटनामा संलग्न अरुको पनि संलग्न रहेकोले पक्राउ पर्नेको खोजीकार्य जारी रहेको छ ।

आइतबार राति बुढीगङ्गा–६ मा धनकुटा पाख्रीबास घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको ग्याङ फाइटमा परि हत्या भएको थियो ।