सङ्खुवासभा । गठबन्धन चुनाव अघिसम्म मात्रै रहने गठबन्धन चुनाव अघि मात्रै रहने सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले बताएका छन् । संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले गठबन्धन चुनावभन्दा पछि नरहने बताए ।

आगामी चुनावमा कुनै पार्टीसँग तालमेल नहुने महामन्त्री कोइरालाले बताए । तुम्लिङटार विमानस्थलमा पत्रकारसँग बोल्दै महामन्त्री कोइरालाले भने कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र आगामी चुनावमा पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्ने उनले बताए ।

एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले दाबी गरे । अहिलेको गठबन्धनसँग सरकार सहकार्यका लागि मात्र भएको महामन्त्री कोइरालाले बताए । आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुने सम्भावना पनि नभएको उनले बताए । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले अन्य दलसँग कुनै सहमति नगरेको उनले बताए । गठबन्धनसँग चुनावी तालमेलका विषयमा पार्टी भित्र छलफल पनि नभएको बताए । महामन्त्री कोइराला नेपाली कांग्रेस संखुवासभाका सभापति दिपक खड्कासँग बुधबार बुद्धएयरको विमानबाट संखुवासभा आएका हुन् । अहिलेको सरकारले सन्तोसजनक काम गर्न नसकेको उनले बताए ।

सभापति पदमा उम्मेदवारी दिने

कोइरालाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन् । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले बताए । सभापति पदका लागि गुट–उपगुट नभइ पार्टीलाई एक ढिक्का बनाउन सभापति पदमा लड्ने उनले बताए । सभापति पदको उम्मेदवारीे औपचारिक चाँडैं घोषणा गर्ने बताए । अहिलेका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई राम्रोसँग सञ्चालन नसेका कारण आफूले उम्मेदवारी दिन लागेको बताए ।