विराटनगर । हर्षोल्लासका साथ विराटनगरमा छठपर्व मनाइँदै छ । विराटनगरको सिंघीया, केसेलिया, सुनसरी मोरङको सिचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिएको छ । ब्रतालुले अहिले अस्ताउँदो सूर्यलाई अघ्र्य दिन सुरु गरेका छन् ।
यसका साथै विराटनगरसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा छठको निक्कै चहलपहल छ । छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोटले नदि किनार भरिभराउ छन् ।
सोमबारदेखि सुरु भएको छठ पर्वअन्तर्गत आजसाँझ अस्ताउँदो सूर्यलाई र भोली बिहान (बिहीबार) उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको मानिन्छ ।