लोड हुँदैछ...

मेनु

मोरङ कारागारमा झडप छ जना घाइते

मोरङ कारागारमा झडप छ जना घाइते

विराटनगर । विराटनगर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीहरूलाई आन्दोलित भएका छन् ।

गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यताना दिएको भन्दै यहाँका कैदीबन्दीहरू आज बिहान आन्दोलित भएका हुन् । चौकिदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका हुन् ।

गुरूङ समूहको अत्यचार सहन नसकेपछि कैदिबन्दीहरु विवादमा उत्रिएपछि विवाद भएको थियो । विवाद भएपछि दुई पक्षबीच दोहोरो झडप हुँदा छ जना कैदीबन्दी घाइते भएका छन् । घटनामा चौकीदार गुरुङसहित केही नाइकेहरु घाइते भएको विराटनगर कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।
झडपमा चौकिदार किरण गुरुङ र नाइकेहरु शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता रहेको बताइएको छ । उनीहरूलाई उपचारका लागि कोशी अस्पताल पठाउने तयारी गरिएको छ ।

चौकीदार गुरूङ, नाइके र भाइ नाइकेहरूको अत्यचार सहन नसकेपछि पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, किरण गुरुङ, शखेर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई यहाँका अन्य कैदीबन्दीहरुले एउटा कोठामा थुनिदिएका थिए । थुनिएका कैदीहरुलाई प्रहरीले काराागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन् ।

‘कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखिएको छ,’ जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहोल शान्त भएको छ । १४ जनाको हकमा भित्र बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ ।’ १४ जनालाई कुन कारागारमा पठाउने निर्णाय भने भइनसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।