विराटनगर । आज महाकविलक्ष्मीप्रसाद देवकोटाको जन्मदिन हो । आज १०७औं देवकोटा जन्मजयन्तिका अवसरमा विविधकार्यक्रम गरिंदैछ ।
यस अवसरमा काठमाडौंको डिल्लीबजारमा रहेको महाकवि देवकोटाकोसालिकमा माल्यार्पण गरि विविध साहित्यिक कार्यक्रम गरिदैछ ।
महाकवि लक्ष्मीप्रसाददेवकोटाको जन्म विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको धोवीधारामा भएको थियो । न्वारानको नाउँ तीर्थमाधव भएपनि लक्ष्मीपूजाका दिन जन्मिएका कारण नाम लक्ष्मीप्रसाद राखिएको भनाई छ ।
नेपाली साहित्य आकासका विराट र बहुप्रतिभाका धनी देवकोटाका धुरन्धर रचनाहरुका कारण नेपालीसाहित्य परिधिमा उहाँलाई महाकवि भनेर चिनिन्छ । पिता तीलमाधव र माता अमरराज्यलक्ष्मी देवीका साँईला छोराका रुपमालक्ष्मीप्रसाद देवकोटाको जन्म भएको थियो ।
उहाँको मृत्यू विक्रम सम्वत् २०१६ सालभाद्र २९ गते भएको थियो । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेख्नु भएको थियो । विशेषगरी मुनामदन कृतिका कारण उहाँको सबैभन्दा धेरै ख्यातिरहेको छ । देवकोटाको जन्मजयन्तिका अवसरमा देशभरका साहित्यानूरागीहरुले साहित्यिककार्यक्रम गरेर मनाउँछन् । विशेषगरी कविता बाचन,कविता प्रतियोगता र साहित्यियक योगदानको चर्चा गरेर वहाँको सम्झना गरिन्छ ।
– हाम्रोपात्रोबाट साभार