प्रदेश १ : राईलाई मुख्यमन्त्री नियुक्तिको तयारी, शपथ दिउँसो ३ बजेलाई सर्यो

विराटनगर । प्रदेश १ प्रदेश प्रमुखको कार्यालयले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री नियुक्तिको तयारी गरेको छ ।

आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न सोमबार दिएलगत्तै ४९ जना सांसदको समर्थनसहित हिंजै ५ दलीय गठबन्धन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उक्त समयावधि सकिएसँगै मुख्यमन्त्री राईलाई नियुक्तिको तयारी गरिएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ ।

यसैबीच प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे तय गरेको सपथ ग्राहणको कार्यक्रम ३ बजेका लागि सारेको छ । गठबन्धन दलहरुले मुख्यमन्त्रीसँगै केही मन्त्री पठाउने गरी छलफल गरिरहेको छ । अहिलेसम्म कुनै निष्कर्ष आएको छैन ।

मङ्गलबार, १६ कार्तिक, २०७८, दिउँसोको ०१:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर