विराटनगर । नेपाल मुद्रण उद्योग संघको अध्यक्षमा सुभाष कार्की सर्वसम्मत चयन भएका छन् । विराटनगरमा शनिवार सम्पन्न भएको चौथो जिल्ला अधिवेसनबाट कार्की सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा दिलिप अटल, सचिबमा बलराम गिरी, सह–सचिवमा कृष्ण ओझा र कोषाध्यक्षमा धर्मराज ढकाल रहेका छन् । समितिको अन्य सदस्यहरुमा हरिप्रसाद दाहाल, गोकुल कार्की, राकेश गिरी, लगायत रहेका छन् ।
नवनिर्वाचति अध्यक्ष कार्कीले मुद्रण व्यवसायीहरुको हकहतिमा लागि पर्ने बताएका छन् । कार्यक्रमको प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका पूर्व अध्यक्ष माधव केसीले पाठयपुस्तक छपाइमा राज्यले निजी क्षेत्रका मुद्रण उद्योगहरुलाई पनि दनुपर्ने बताए । उनले माफलसमा रहेका मुद्रण व्यवसायीहरुको हकहितमा पनि आफु सधैभरी लागिपर्ने बताए । मोरङमा १ सय बढी मुद्रण उद्योग रहेका छन् । संघमा आवद्ध उद्योग ५७ वटा रहेको छ ।

