लोड हुँदैछ...

मेनु

भाटभटेनीले दियो विराटनगरका बाढीपीडितलाई साढे १४ लाखको चामल

भाटभटेनीले दियो विराटनगरका बाढीपीडितलाई साढे १४ लाखको चामल

विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले हालै आएको बाढीबाट पीडित भएका विराटनगर आसपासका स्थानीयका लागि साढे १४ लाखको चामल दिएको छ ।

बाढीपीडितका लागि केही सहयोग होस भनेर १४ लाख ५० हजार मूल्य बराबरको ८४० बोरा जिरा मसिनो चामल निःशुल्क दिएको हो । सहयोगको उक्त चामल मोरङको दैवी प्रकोप कोष अन्तर्गत मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई हस्तान्तरण गरिएको हो ।

‘भाटभटेनी यहाँसम्म आउनुको कारण नै आमजनता (उपभोक्ता) हुन्,’ भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भने, ‘उपभोक्तालाई समस्या परेका बेला सहयोग गर्नु हामी व्यवसायीको कर्तव्य हो ।’

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Ganesh kumar budhathoki
October 25, 2021 9:08 PM

GOOD…..

प्रतिक्रियाहरू बन्द छन्।