भाटभटेनीले दियो विराटनगरका बाढीपीडितलाई साढे १४ लाखको चामल

विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले हालै आएको बाढीबाट पीडित भएका विराटनगर आसपासका स्थानीयका लागि साढे १४ लाखको चामल दिएको छ ।

बाढीपीडितका लागि केही सहयोग होस भनेर १४ लाख ५० हजार मूल्य बराबरको ८४० बोरा जिरा मसिनो चामल निःशुल्क दिएको हो । सहयोगको उक्त चामल मोरङको दैवी प्रकोप कोष अन्तर्गत मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई हस्तान्तरण गरिएको हो ।

‘भाटभटेनी यहाँसम्म आउनुको कारण नै आमजनता (उपभोक्ता) हुन्,’ भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भने, ‘उपभोक्तालाई समस्या परेका बेला सहयोग गर्नु हामी व्यवसायीको कर्तव्य हो ।’

सोमबार, ०८ कार्तिक, २०७८, साँझको ०६:०८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर